+
+
Shares

गुल्मीका शक्तिपीठमा निषेधाज्ञा जारी

अनिल खत्री अनिल खत्री
२०७७ कात्तिक ५ गते ८:५२

५ कात्तिक, गुल्मी । गुल्मीका शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न जान बन्देज गरेको हो ।

बडा दशैंको बेला मन्दिरमा हुने भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यदि कसैले सूचनाको अबज्ञा वा उल्लंघन गर्ने उपर संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

अति आवश्यक काम नपरि घरबाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला हुन तथा भोजभतेर नगर्न, घरमै बसेर दशैं मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?