Comments Add Comment

कीर्तिमानपछि आन्सु फाटीले भने – मेसीबाट धेरै सिक्नुछ

काठमाडौं । बार्सिलोनाका युवा स्ट्राइकर आन्सु फाटीले मंगलबारको खेलमा नयाँ च्याम्पियन्स लिग रेकर्ड राख्न सफल भएपछि आफ्नो सुपरस्टार कप्तान लियोनल मेसीबाट सिक्न जारी राख्ने बताएका छन् । लालिगा जाइन्ट बार्साले गु्रप न् को प्रतिस्पर्धामा हंगेरियन पाहनुना परेन्स्भारोसलाई क्याम्प नोउमा ५–१ को किर्तिमानी जित हासिल गरेको थियो ।

सो खेलमा गरेको गोलसँगै मेसी १६ वटा च्याम्पियन लिगमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनाका लागि गोलको खाता खोलेका थिए । दोस्रो गोल १७ वर्षीय फाटीको खुट्टाबाट निस्केको थियो । दुईवटा च्याम्पियन्स लिगमा लगातार गोल गर्ने उनी १८ वर्षमुनिको पहिलो खेलाडी बनेका छन् । खेलपछि उनले मेसीको प्रशस्त तारिफ गरे ।

‘मेसी भनेको मेसी नै हो,’ उनले भने, ‘उनी कुनै पनि तरिकाबाट गोल गर्न सक्छन् । मैले उनीबाट अझै धेरै कुरा सिक्नुछ ।’

आफूहरुले पहिलो खेलमा राम्रो जित निकालेको भन्दै फाटीले यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए । टिमवर्कबाट गोल गर्न सफल भएको भन्दै उनले आफूलाई पास मिलाउने फ्रेन्कीको प्रशंसा गरे ।

‘उनले निकै सजिलो पास उपलब्ध गराइदिए, मैले त बल धकेल्नु मात्र थियो,’ फाटीले भने ।

बार्साका फिलिप्पे कोउटिन्हो, पेड्री र उवास्मेन डम्बेलेले पनि बललाई जाली चुमाएका थिए । डिफेन्डर गेरार्ड पिकेले भने ६८ औं मिनेटपछि मैदान छाड्नु परेको थियो । म्याचमा बार्साले पहिलोपटक १७ वर्षका दुई खेलाडी फाटी र पेड्रीलाई खेलाएको थियो । च्याम्पियन्स लिगको एउटै खेलमा १७ वर्षमुनिका दुई खेलाडी खेलाउने बार्सा पहिलो टिम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment