Comments Add Comment

प्रतिरक्षा प्रणाली बलियो बनाउने १५ प्राकृतिक विधी

आधुनिक स्वास्थ्य विज्ञानदेखि प्राचीन स्वास्थ्य विज्ञानले पनि यो रोगथामलाई नै विशेष जोड दिएको पाईएको छ भने रोग कथंकदाचित लागिहाले पनि प्रतिरक्षा प्रणालीलाई  बनाएर रोगसँग जुध्न सुझाव दिइएको छ । यसै परिपेक्षमा अफ्नो प्रतिरक्षा प्रणालीलाई कसरी बलियो बनाउने भन्ने कौतुहलता तपाईं हामीमा पनि भएको हुनुपर्छ । यसर्थ हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउने १५ प्राकृतिक विधीको विषयमा चर्चा गरिएको छ ।

१. दैनिक आठ घण्टाको निद्रा

बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मीठो निद्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछ । आज सम्मको अनुशंधानले निद्रालाई सबैभन्दा उत्तम ईम्यून बुष्टर मानेको छ ।

डा. हेमराज कोइराला

२. प्रयाप्त पानीको सेवन

पर्याप्त पानीको सेवनगर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउँदैन । यसो हुदाँ शरीरमा अनावश्यकरूपमा हानिकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीविहरूको बृद्घि हुन पाउँदैन । यसका अलावा पनी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत नष्ट गर्दछ ।

३. योगभ्यास वा व्यायाम

योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्यत गर्दछ । ४५ मिनेटको मध्यमगतिको योगभ्यास वा व्यायामले प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

४. तीब्रताका साथ अर्थात छिटो छिटोे श्वास लिने प्रणायाम

कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमणसँग लड्न मद्दत गर्दछ । दैनिक १५ मिनेट छाती छिटो छिटो चलाउने प्रणायाम गर्ने गर्दा प्रतिरक्षा प्रणाली ससक्त हुन्छ ।

५.ध्यान

ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफै मजबुत हुन्छ । दैनिक ३० मिनेटको ध्यान सबैका लागि जरूरी छ र यदि तपाईं ध्यानमार्गमा अझै बढ्न चाहनुहुन्छ भने आफ्नो उमेर बराबर मिनेट (३० बर्षकाले ३० मिनेट र ५० बर्षकाले ५० मिनेट) को ध्यान गर्नुहोस् ।

६. शाकाहारी खाना

शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो । शाकाहारी जीवनशैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू)बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन् । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्दत गर्ने भएकाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

७. दैनिक ५०० ग्राम (पाँचपोर्सन) फलफूल एवं तरकारीको सेवन

फलफूल एवं तरकारीहरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी-अक्सिडेण्टहरू पाइन्छन् । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसैगरी एण्टिजीनहरूको परिचान, ईम्यून मेमोरीको विकास लगायत अनेकौ प्रतिरक्षात्मक क्रियामा फलफूल एवं तरकारीमा विद्यमान सूक्ष्म पोषक तत्वहरूले गर्दछ ।

८. सूर्य स्नान (घाम ताप्ने)

सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ । दैनिक बिहान आधा घण्टाको घाम तापेर पनि प्रतिरक्षा प्रणालीलाई ससक्त पार्न सकिन्छ ।

९. रेशा र चोकर यूक्तखानेकुरा

रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्दत गर्दछ । कागुनो, सामा, चिनो, मुसुरो, बोडी, राजमास, भट्टमास जस्ता अनाजहरू रेशा र चोकरको उच्च स्रोतहरू हुन् । दैनिक आफ्नो शारीरिक तौलको आधाग्राम बराबर (शरीरको तौल ७० केजी भए ३५ ग्राम)  रेशा र चोकर खादा प्रतिरक्षा प्रणाली ससक्त हुन्छ ।

१०. उपवास

उपवासले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्दत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादनलाई पनि मद्दत गर्दछ । उपवास गर्नेहरूको प्रतिरक्षा प्रणाली सामान्य व्यक्तिहरूको प्रतिरक्षा प्रणाली  भन्दा बलियो पाइन्छ ।

११. सकरात्मक सोंच

कोरोना जस्तो महामारी फैलदै गर्दा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन् । यस्तो बेलामा सोंच सकरात्मक र मनोबल उच्च हुँदा समस्यासंग लड्न थप बल प्राप्त हुन्छ । नकरात्ककतामा बाच्ने गर्दा सधैभरी तनावग्रस्त भइरहनु पर्दछ र तनावकै कारणले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

१२. प्रकृतीसँगको सामिप्यता

प्रकृतिसँगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुँदा प्रतिरक्षा प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ ।

१३. धुमपानको एवं मद्यपान त्याग

धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज पार्ने तथ्य विभिन्न अध्ययनमा खुलिसकेको छ ।

१४.चिनी जंक फुड आदि सेवन नगर्ने

चिनी सेवनले मुखमा एवं शरीरमा हानिकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउँमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ । यसैगरी चिनीको सेवनले शरीरक्रियाका विभिन्न मानबिन्दुहरूलाई गडबड बनाईदिने हुँदा प्रतिरक्षा प्रणालीलाई आघात पु¥याउँदछ ।

यसैगरी जंकफुड, फ्राइड फुड, प्रशोधित खानेकुरामा विद्यमान हानिकाकर केमिकलले रगतमा रहेका प्रतिरक्षा प्रणालीलाई असर गर्छ । त्यसैले यस्ता खानेकुरा त्याग्नुपर्छ ।

१५. आत्मविश्वास

कोभिड–१९ जित्नका लागि सर्वप्रथम हामीमा आत्मविश्वास हुनुपर्दछ । आत्मविश्वास भएमा हाम्रो प्रतिरक्षाका कोषहरू सक्रिय हुने र रोगले सजिलै गलाउन सक्दैन ।

 

लेखक भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथाप्राकृतिकचिकित्सालयका मेडिकल डाईरेक्टर हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment