
१३ कात्तिक, जनकपुरधाम । सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा स.७ प २५५३ नम्बरको मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका-२ का २२ वर्षीय डिम्पल यादव छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाइट्रोभेट ट्याब्लेट ६ थान बरामद भएको शर्माले बताए ।
पक्राउ परेका डिम्पलसँग सोधपुछ गर्दा उक्त घटनामा सोही ठाउँका २२ वर्षीय प्रेमनाथ यादव समेतको संलग्नता रहेको बताएपछि प्रेमनाथ समेतलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4