
१७ कात्तिक, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
१५ कात्तिकमा स्वाब दिएकोमा उनीमा आइतबार संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । पौडेललाई ज्वरो र रूघाखोकीको समस्या छ ।
नगरप्रमुख पौडेलको सम्पर्कमा आएका सबैलाई थप सतर्कता अपनाउन नगरपालिकाले विज्ञप्ति जारी गरेर अनुरोध समेत गरेको छ ।
नगरको विकास र समृद्धिका लागि वर्तमान महामारीको समयमा अहोरात्र खटिरहेको अवस्थामा उनमा संक्रमण पुष्टि भएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4