Comments Add Comment

गर्भावस्थाको पहिलो महिनादेखि आहारमा यी कुरा सामेल गरौं 

गर्भावस्थाको पहिलो महिनामा आमाको पेटभित्र रहेको भ्रुणलाई मुख्यतया फलाम, भिटामिन र क्याल्सियमको आवश्यकता पर्छ । किनभने बच्चाको मुटु, पाचन प्रणाली र स्नायुनलीहरू गर्भावस्थाको पहिलो महिनामा विकसित हुन थाल्छ । यी ट्युबहरूले बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्कको विकासमा समेत मद्दत गर्छ । त्यसैले आमाले पहिलो महिनामा अधिक पौष्टिक आहार खाने गर्नुपर्छ ।

अधिक तरकारीहरूको सेवन

हामीले दैनिक प्रयोग गर्ने तरकारीबाट फोलिक एसिड र भिटामिन बीको आवश्यकता पूर्ति गर्नुपर्छ । ब्रोकली, सिमी, फूलगोभी लगायतका तरकारीहरूमा पाइन्छ । यदि तपाईं चाहनुहुन्छ भने हरिया तरकारीहरू पुदीना, मेथीको पात, मुलाको पात, पालक आदि पनि खान सक्नुहुन्छ । त्यसमा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ ।

पौष्टिक खानेकुराहरू धेरै खानुहोस्

केरा, अनार जस्ता फलफूलहरू खनिज र एन्टिअक्सिडेन्ट्सले  एभोकाडो, कस्तुरा, स्याउ आदि खानेकुरामा प्रशस्त मात्रामा फलहरू पाइन्छ । यी फलहरूमा हुने पौष्टिक तत्वले हामीलाई कब्जियतबाट बचाउँछ । तसर्थ, हरेक दिन कम्तीमा दुई किसिमको पौष्टिकताले युक्त फलहरू खानुपर्छ । यस्ता फलहरूमा भिटामिन सीको पर्याप्त मात्रा पाउने गरिन्छ । जुन गर्भवतीको लागि प्रतिरोधक क्षमता लागि राम्रो मानिन्छ । यस्ता फलहरूले भ्रुणसम्म फलामको मात्रा पु¥याउने काम गर्छ ।

दाल एवं अन्नहरू

दलहन एवं विभिन्न किसिमका अन्नहरू जस्तै राजमा, कालो चना वा सोयाबिनमा प्रशस्त मात्रामा फलामको मात्रा पाइन्छ । जुन बच्चाको दिमागको विकासका लागि धेरै फाइदाजनक हुन्छ । यसले भ्रुणमा मस्तिष्कको विकास र रक्तसञ्चारमा समेत मद्दत गर्छ । फाइबर र पोषक तत्वहरू जस्तै म्याग्नेसियम र सेलेनियम सम्पूर्ण अन्नहरूमा पाइन्छन् । सोयाबिनमा उचित मात्रामा भिटामिन बी हुन्छ जुन बच्चा र आमा दुवैका लागि लाभदायक हुन्छ ।

ड्राई फुड एवं तरकारी र फलफूलका बिउहरू

ओखर, बदाम जस्ता ड्राई फुड स्वस्थ खानाका स्रोतहरू हुन् । जसले गर्भवतीलाई स्वस्थ रहन बल दिन्छ । भ्रुणहरूको लागि आवश्यक भिटामिन बीको परिपूर्ति गर्र्छ । काँक्रोको बिउ लगायतले महिलाहरूको स्वास्थ्यको लागि धेरै फाइदा गराउँछ ।

दुग्ध उत्पादन

दूधमा क्याल्सियम, खनिज र फोलिक एसिडको मात्रा पर्याप्त हुन्छ । दैनिक एक गिलास दूध पिउँदा बच्चा र आमा दुवैको हड्डीहरू सुदृढ हुन्छ । यदि तपाईं चाहनुहुन्छ भने पनीर पनि उपभोग गर्न सक्नुहुन्छ । तर दूध सबैभन्दा राम्रो विकल्प पनि हो । दिनको दुई गिलास दूध पिउनु आमा र जन्मनेवाला बच्चाको लागि समेत आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment