+
+
Shares

विराटनगरमा संक्रमणमुक्त भएको सिफारिस लिन ५०० रुपैयाँ !

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १४:३६

१९ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमित संक्रमणमुक्त भएको सिफारिस बनाउँदा ५०० रुपैयाँ शुल्क लिने गरेको छ ।

घरमै बसेर कोरोना संक्रमण मुक्त भएकाहरुलाई होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क लिन थालेको हो ।

संक्रमणमुक्त भएको सिफारिसका लागि महानगरपालिकाले ५०० रुपैयाँ शुल्क र निवेदन दस्तुरका रुपमा १० रुपैयाँ लिन थालेको हो ।

महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण मुक्त भएको सिफारिस गर्दा शुल्क लिएको थिएन । तर पछिल्लो समय शुल्क लिन थालेको हो ।

यसरी सिफरिस बनाउन जानेहरु अधिकांश बिमा दाबी गर्नेहरु रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बिमा प्रयोजनका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताए ।

उनका अनुसार होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’ मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ शुल्क संकलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?