+
+

सुर्खेतबाट ७ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १८:१०
फाइल तस्वीर

१९ कात्तिक, सुर्खेत । सुर्खेको वीरेन्द्रनगरबाट सात जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–७, स्थित निर्मला शाहीको घरबाट ५६ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा घर धनी ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, वडा नम्बर–८, का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर–९, का २५ वर्षीय प्रवेश गुरुङ रहेका छन् ।

त्यस्तै वडा नम्बर–३, का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर–६, का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको छ । थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?