Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट (Limited Endowment)’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजनाअन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२% सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस (Simple Revisionary + Terminal, if any) भुक्तानी हुनेछ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. ५० हजार कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

यो योजनासंगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

बालुवाटारको ‘लुतो’

Advertisment