Comments Add Comment

बिग बास लिग १० डिसेम्बरदेखि हुने

२० कात्तिक काठमाडौं । अष्ट्रेलियन टी-२० लिग बिग बास लिग डिसेम्बर १० देखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले यस सिजनको बिबिएलको लागि परिवर्तित खेल तालिका सार्वजनिक गरेको हो ।

सिजनको ५६ वटै खेलको मिति सार्वजनिक भएपनि डिसेम्बर ३१ सम्म हुने सुरुवाती २१ खेलको लागि मात्र खेल हुने मैदान तोकिएको छ ।

उद्घाटन खेलमा होबार्ट हुरिकेनले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्नेछ । लिगको सुरुवाती खेलहरु तास्मानिया क्विन्सल्याण्ड क्यानबेरा र एडेलेइडमा खेलाइनेछ ।

लिगमा कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली लेगस्पीनर सन्दीप लामिछानेले यसअघि दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । यस सिजन भने उनी अहिलेसम्म कुनै टिममा अनुबन्ध भइसकेका छैनन् । सन्दीप यस सिजन नयाँ टिमबाट खेल्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment