+
+

नेकपा कुनै हालतमा फुट्दैन : मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते २०:५०

२१ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् ।

सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र फुटाउन अनेक प्रयास भइरहेका बताए ।

‘अनेकौं षड्यन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । घेराबन्दी गर्ने काम भएको छ’ नेकपा नेता समेत रहेका उनले भने, नेकपा कुनैपनि हालतमा फुट्दैन, फुट्नु हुँदैन । नेकपा फुट्नका बनेकै होइन ।’

सरकार र संघीयतालाई असफल बनाउने षड्यन्त्रलाई पार्टी नेतृत्वले नजिकबाट बुझेकाले पार्टी नफुट्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?