Comments Add Comment

राष्ट्रपतिसँग उखु किसानको गुनासो-कृषकको समस्या सुध्रिएन

२४ कात्तिक, काठमाडौं । सर्लाहीका उखु किसानहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सोमबार राष्ट्रपति निवासमा भएको भेटका किसानका सबै खाले समस्याबारे राष्ट्रपतिलाई जानकारी गराइएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

उखु किसानका समस्या, बक्यैता लगायतका समग्र कृषिको समस्याबारेमा राष्ट्रपतिलाई अवगत गराइएको संघर्ष समितिका संरक्षक राकेशकुमार मिश्रले जानकारी दिए । ‘उखु किसानको बक्यौता, मल, बिउ र सिँचाइ लगायतका सम्पूर्ण विषय राष्ट्रपतिलाई बतायौं,’ मिश्रले भने ।

किसानका लागि भनेर मल, बीउ, खोप लगायतका सुबिधा जिल्लाहरुमा पुगेपनि किसानले भने नपाउने अवस्था सृजना भएको गुनासो किसानहरुको थियो ।

किसानहरुको समस्यालाई प्राथमिकता राखेर नीति बनाउन सघाउ पुर्‍याइदिन कृषकहरुले राष्ट्रपतिलाई आग्रह गरेको पनि मिश्रले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment