+
+

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १२:४२

२५ कात्तिक, काठमाडौं । मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ पुन:प्रकाशित भएको छ । नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् कोइरालाको ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको हो ।

प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।

यस सँग्रहमा ९ वटा निबन्धहरू छन् । यी निबन्धहरु कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन्, जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो ।

२००७ सालका क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रिम कमाण्डर ‘ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।

प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि स्ं २०११ सालको कोशी – सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी सन्धी कोइरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुवै देखे ।

किताबका बारेमा दिवंगत लेखक मातृकाका छोरा कमल कोइराला भन्छन्- ‘यो किताब केही समयदेखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ ।’

यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्नुका साथै कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्ने उनले बताए ।

‘कोशीको कथा’ नेपाली बजारमा २९५ रुपैयाँमा उपलब्ध हुने नेपालयले जनाएको छ ।

नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट-अफ-प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ । यही शृङखला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?