
२५ कात्तिक, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड एक लाख १० हजार ५५२ पुगेको हो । सोमबार मात्र अमेरिकामा कोरोनाका एक लाख १९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार २५१ पुगेको छ । सोमबार मात्र अमेरिकामा कोरोनाबाट ६७० जनाको मृत्यु भएको हो ।
अमेरिकामा संक्रमित र मृतक संख्याको आधारमा कोरोनाबाट अहिलेसम्ममा सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई राम्रोसँग नियन्त्रण गर्न नसकेको कारण यसले ठूलो रुप लिएको भन्दै अमेरिकामा उनको आलोचना भइरहेको छ । केही समयअघि भएको निर्वाचनमा पनि विपक्षीहरुले कोरोना महामारीको विषयलाई लिएर ट्रम्पलाई निसाना बनाएका थिए ।
प्रतिक्रिया 4