Comments Add Comment

पत्रकार अर्नबलाई भारतको सर्वोच्च अदालतले दियो जमानतमा रिहा गर्ने आदेश

फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालतले पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

बुधबार भारतको सर्वोच्च अदालतले आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका अर्नबलाई जमानतमा छाड्न सहमति दिएको हो । गत बुधबार अर्नबलाई मुम्बईमा उनकै घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई पक्राउ गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यसअघि मुम्बईको उच्च अदालतले अर्नबलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो । तर, सर्वोच्च अदालतले मुम्बईको उच्च अदालतले जमानतमा छाड्न अस्वीकार गर्नुलाई गलत रहेको बताएको छ । सर्वोच्च अदालतले अर्नब र अन्य दुई अभियुक्तलाई ५०/५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो । साथै यो आदेश तत्काल कार्यान्वयन गराउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले अर्नब र अन्य दुई अभियुक्तहरुलाई अनुसन्धानमा सहयोग गर्न र प्रत्यक्षदर्शीमाथि कुनै पनि किसिमको हस्तक्षेपको प्रयास नगर्न पनि आदेश दिएको छ ।

अर्नब गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मुद्दामा पक्राउ गरिएको थियो र १४ दिन न्यायिक हिरासतमा राखिएको थियो । अर्नबले नाइकलाई रिपब्लिकन टिभीको डिजाइनको काम लगाएका थिए तर भुक्तानी भने दिएका थिएनन् ।

गत सेप्टेम्बरमा महाराष्ट्र विधानसभामा रिपब्लिकन टिभीका सम्पादक अर्नब गोस्वामीविरुद्ध विशेषाधिकार हननको प्रस्ताव दायर गरिएको थियो । यसलाई विधानसभाले पनि स्वीकार गरेको थियो । त्यसपछि अब छिटै नै यो मुद्दामा सदनले कारबाही गर्न सक्ने बताइँदै आएको थियो ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment