+

महिनावरीलाई सार्न सकिन्छ ? 

२०७७ कात्तिक  २६ गते २१:३३ २०७७ कात्तिक २६ गते २१:३३
महिनावरीलाई सार्न सकिन्छ ? 

महिनावरी एक प्राकृतिक प्रक्रिया हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपयले यस अवस्थालाई ‘अशुद्ध’ भएको वा ‘नछुने’ भएको भन्ने गर्छन् ।

समान्यतयाः यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक अस्था भएको शुभ कार्यमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने भएकोले पनि नछुने भनिएको हो । जबकी यो आफैमा एक प्राकृतिक प्रक्रिया हो र यसम शुद्ध वा अशुद्ध भन्ने प्रश्न नै आउँदैन । यसै सन्दर्भमा प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग भलाकुसारी गरिएको छ ।

महिनावरी हुनु भनेको कस्तो शारीरिक स्थिती हो ?

यो एक शारीरिक प्रक्रिया हो । खासगरी नारीहरुको शारीरिक परिपक्कता आएपछि मुख्यतया ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्रि तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ । महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डास्य र पाठेघर सबैको आ–आफ्नै भूमिका रहेको हुन्छ ।

यस क्षणमा महिलाहरुले कति सहज अनुभव गर्छन् ?

महिनावरीको बेला सबैलाई एकै किसिमको अनुभव नहुन सक्छ । कसैलाई यो सामान्य लाग्छ भने कसैका लागि पीडादायी पनि । महिनावरीको समयमा कतिको पेट दुख्ने, ढाड दुख्ने, झर्को लाग्ने पनि हुन्छ । त्यसैले उनीहरुलाई आरमको जरुरत हुनसक्छ । धेरै तनाव, कामको बोझ दिनु उचित हुँदैन ।

चाडपर्वमा त्यस्तो अवस्थाबाट बच्ने कुनै विकल्प छन् ?

खासगमा त म के सल्लाह दिन्छु भने महिनावरीलाई नियमित प्रक्रिया अनुरुप नै हुन दिनुपर्छ । यसलाई स्वभाविक रुपले लिनुपर्छ । यद्यपि आफुलाई असहज महसुष हुने भए त्यसको पनि केही विकल्प छन् ।

जस्तो ?

महिनावारी २–४ दिन पर सार्न सकिन्छ । यस अवस्थामा महिनावरी हुने दिन भन्दा १–२ दिन अगाडि बजारमा उपलब्ध हुने प्रोजेष्ट्रन चक्की प्रयोग गर्न सकिन्छ । प्रोजेष्ट्रोन चक्की ५ मिलिग्रामको बिहान र बेलुका गरी २ पटक कम्तिमा २ दिन अगाडिबाट शुरु गरेको राम्रो हो । यस प्रयोजनका लागि प्रोजेष्ट्रोन चक्की नपाएको अवस्थामा परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्कि पिल्स सेवन गर्दा पनि हुन्छ ।

पिल्समा पनि ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोन हुने भएकाले यो प्रयोग गर्न सकिन्छ । पहिलेदेखि नै परिवार नियोजनका लागि पिल्स खाईरहेको महिलाले महिनावारी पर सार्न खैरो चक्किको सट्टा पनि सार्नुपर्ने दिन सम्म सेतो चक्कि नियमित खानु पर्छ । अन्य परिवार नियोजनका साधन प्रयोग गरिरहेको महिलाहरुले पनि महिनावारी पर सार्न मिल्छ ।

यसले कुनै असर गर्दैन ?

सामान्यत नियमित प्रक्रियामा भइरहेको महिनावरीलाई पर सार्नु भनेको बाध्यकारी अवस्थामा हो । यसले दीर्घकालिन रुपमा खासै असर गर्दैन । यद्यपि यस्तो चक्की पटक पटक प्रयोग गरियो भने त्यसले चाहि समस्या ल्याउन सक्छ ।

कस्तो असर ?

महिनावारी अनियमित हुने तथा अन्य गडबडि हुन सक्छ । त्यसैले यस्ता चक्किहरु पटक पटक २–४ दिन मात्र सेवन गर्नु भन्दा पुर्ण अवधि अर्थात २१ दिन नै खानु राम्रो हुन्छ ।

महिनावरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण