Comments Add Comment

रामोस अर्कै लेभलका हुन् : प्रशिक्षक एनरिके

२७ कात्तिक, काठमाडौं । स्पानिस राष्ट्रिय पुटबल टिमका प्रशिक्षक लुइस एनरिकेले कप्तान सर्जियो रामसो अर्कै लेभलको भएको बताएका छन् । भेट्रान डिफेण्डर रामोसले अर्को माइलस्टोन ल्याएको छ र असाधारण रेकर्ड बनाउने क्रममा छन् ।

नेदरल्याण्ड्सविरुद्ध १-१ को बराबरीमा सकिएको खेलमा रामोसले इटालियन लेजेण्ड जियानलुजी बफोनको सर्वाधिक युरोपियन खेल खेल्ने कीर्तिमान बराबरी गरेपछि एनरिक रामोसको प्रशसा गरेका हुन् ।

रामोस खेल सकिन पाँच मिनेट बाँकी हादा योहान क्रफ एरेनामा मैदान प्रवेश गरेका थिए । जुन उनको १७६औं अन्तर्राष्ट्रिय खेल थियो । अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको १५ वर्षमा उनले यो उपलब्धि हात पारे ।

रियल मड्रिडका सेन्ट ब्याक रामोसले शनिबार स्विट्जरल्याण्डविरुद्ध हुने खेल खेलेमा युरोपमा सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने सूचीमा बफोनलाई पछि पार्न सक्छन् ।

रामोस अहिले विश्वकै सर्वाधिक खेल खेल्ने इजिप्टका मिडफिल्डर अहेमद हसन भन्दा ८ खेलले पछि छन् ।

स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकले बफोनसँग बराबरी गरेपछि रामोसको तारिफ गरे । ‘सर्जियो अद्वितीय छन् । उनी फरक स्तरमा छन् । धेरै प्रतिभाशाली खेलाडीहरुले मात्र यस्तो रेकर्ड बनाउँछ,’ खेलपछि एनरिकेले भने ।

एनरिकेले पहिलो रोजाइमा प्रयोगात्मक टोली मैदान उतारेका थिए जसमा गोलकिपर उनाई सिमोनलाई डेब्यु गराए भने कोके अल्भारो मोराटा हेक्टर बेलेरिन र मार्को असेन्सिणलाई खेलाए ।

मोराटाले १८औं मिनेटमा सर्जियो कानालेसलाई गोलका लागि सहयोग गरे । यस सिजन क्लब र देशका लागि मोराटा समावेश भएको यो नवौं गोल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment