+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसदीय समितिमा लोकदर्शन रेग्मीको जवाफ- राजदूत बन्न पदको दुरूपयोग गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १८:५२
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पारेका छन् ।

संघीय संसदको संसदीय सुनुवाई समितिमा बिहीबार भएको सुनुवाईमा सांसदहरुको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् ।

सनुवाईका क्रममा सांसदहरुले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए । प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुन बमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए । तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनको भनाइ थियो । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रुपमा लिनुपर्ने उनले बताए ।

सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनैपनि व्यक्तिको नाउँमा रकम नराखेको दाबी गर्दै उनले राज्यका जुनसुकै निकायबाट छानविन भएमा आफू सघाउन तयार रहेको बताए ।

सनुवाईका क्रममा सांसदहरुले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारी तन्त्रको रुपरेखा बिग्रिएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पदबीचैमा छाडेर हिँड्दा कर्मचारी तन्त्रकै रुपरेखा बदलिएको बताए । सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तिमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिँदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन् ।

मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदहरुले बताएका हुन् । तर रेग्मीले अहिलेको संविधान र कानून बमोजिम सरकारले गरेको निर्णयलाई नै आफुले शिरोधार्य गरेको जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?