Comments Add Comment

हरेक सफलताको सूत्र : जोश र लगनशीलता

ग्यालिलियो ग्यालिलीे इटालीका वैज्ञानिक थिए । १६०९ मा उनलाई थाहा भयो कि हल्याण्डका केही वैज्ञानिकहरूले टेलिस्कोप बनाएका छन् । त्यो सुनेर उनमा पनि दूरबिन बनाउने भूत चढ्न थाल्यो । समयक्रमसँगै ग्यालिलियो ग्यालिलीले डच वैज्ञानिकहरूको भन्दा धेरै राम्रो टेलिस्कोपको निर्माण गरे । यसको कारण उनमा दूरबिन बनाउने इच्छा यति तीब्र थियो कि उनी त्यो लक्ष्यमा पुगेरै छाडे ।

एउटा उखान छ ‘कोसिस गर्ने मान्छेको कहिलै हार हुँदैन’ त्यसैले सफल बन्नको लागि मान्छेले कोसिस गर्नुको विकल्प छैन । जीवन परिवर्तन गर्ने आविस्कार गरेका विश्वका कुनै पनि वैज्ञानिक ग्यालिलियोलेभन्दा कम इच्छाशक्ति राखेर काममा सफल भएका छैनन् ।

इतिहासको पानामा पढ्न पाइने जस्तोसुकै सफलताहरू कडा परिश्रम र लामो समयको प्रतीक्षाबाट पूरा हुन्छ । चाहे त्यो भयानक युद्धहरूमा विजयी हुने कुरा होस् या चाहे विज्ञानको सम्भावित आविस्कार नै किन नहोस् । चाहे त व्यापारमा विजयको झण्डा उठाउने कुरा नै किन नहोस्, यी सबैको पछि कडा मेहनत र प्रतीक्षाबाहेक अरू केही पनि हुँदैन ।

मानवीय चाहनाको अगाडि मानव मात्र होइन, प्रकृतिको हरेक अवरोधलाई पनि हटाउँदै जानुपर्छ । जोश र सकारात्मक काममा ‘पागलपन’ नै परम शक्ति हो । यसैमा लगनशीलताको शक्ति निर्णायक शक्ति हो । यसलाई उदाहरण दिनको लागि भारतको माडवारी समुदायलाई हेर्न सकिन्छ ।

मारवाडवारीहरूको जनसंख्या देशको कुल जनसंख्याको एक प्रतिशत पनि छैन । तर समाजले भारतको जीडीपीमा २० प्रतिशतभन्दा बढी योगदान पु¥याएको छ । देशको कुल सम्पत्तिको २८ प्रतिशत केवल अग्रवाल समाजसँग मात्रै छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ, कारण के हो ? यसको एउटै कारण हो अटूट जोश । यो नै सो समाजको समृद्धि र सफलताको रहस्य हो ।

तपाईंको काममा देखिने जोशले लगभग सफलताको ग्यारेन्टी लिन्छ । विश्वमा असंख्य सफल व्यक्तित्वहरू छन्, जसको सफलताको सबैभन्दा ठूलो आधार उनीहरूको जोश हो । यो जोश यस्तो हुनुपर्छ कि मानिसहरूको नसामा रगतभन्दा धेरै जोश बहेको हुनुपर्छ । यो उत्कटताले गर्मी, चिसो, भोक र रोगको पनि अनुभव गर्न दिएको छैन । जबसम्म सफल भइँदैन त्यतिबेलासम्म जोश कम हुन दिनु हुँदैन ।

बिथोभन विश्वका सबैभन्दा सफल संगीतकार मानिन्छ । उनमा संगीतप्रति यति उत्सुकता थियो कि जब उनी एउटा स्वर रचना गर्थे त्यसमा उनी लामो समयसम्म त्यसैमा डुबेर धून खोजी गर्ने गर्दथे । उनलाई निद्रामा पनि त्यही इच्छित विषयले सताउने गरेको थियो ।

उनी आफ्नो उद्देश्य पूरा नहुँदासम्म आफ्नो खाना खाने समय र सुत्ने समयलाई पनि कम गर्ने गर्थे । उनी निद्रा लाग्यो भने आफ्नो टाउको चिसो पानीमा डुबाउँथे । बिथोभन भन्ने गर्थे ‘यदि हामीले सिक्न छोडेनौं र जोश पनि कायम गर्न सकेनौं भने हामी असम्भव भनेको जुन सुकै काम पनि गर्न सक्छौं ।’

अल्बर्ट आइनस्टाइन पनि अत्यन्तै व्याकुल वैज्ञानिक थिए । उनी स्पष्टसँग भन्थे, ‘मसँग कुनै खास प्रतिभा छैन । म केवल जुनसुकै कुरामा पनि उत्सुक हुन्छु । यो मेरो सफलताको रहस्य हो ।’ यदि सपनाको उडानमा जोशको पखेटा हुन्छ भने यो सधैं सफल हुने लक्षण हो । यसमा पनि एउटा कुरा याद गर्नुपर्छ कि जुन जोशका साथ यो पनि निर्णय गर्नुपर्दछ कि हाम्रो उत्कट सही र सकारात्मक दिशामा छ कि छैन ? किनभने यदि हामीले हाम्रो जोशलाई गलत दिशामा खर्च ग¥यौं भने आफैँमा सफलता हात पार्न सकिन्छ । तर त्यसले हामीलाई प्रख्यात तर कुख्यात बनाउँदैन । यदि हामी जोशलाई गलत दिशामा प्रयोग ग¥यौं भने त्यसले हामीलाई भड्खालोमा पु¥याउने गर्छ । तसर्थ, जहाँ जोशको उपयोगिता समेत सफलताको लागि धेरै महत्वपूर्ण छ ।

जे होस् उत्कटता हाम्रो सफलतामा एक ठूलो भूमिका खेल्ने कुरा हुन्छ । यसले मानवभित्र अनन्त ऊर्जा प्रसारित गर्ने गर्छ । यो कुरा हामीमाथि निर्भर हुन्छ कि ऊर्जालाई सकारात्मक सफलता प्राप्त गर्न प्रयोग गर्ने कि नकारात्मक काममा भन्ने । किनभने ऊर्जाले जोश प्रदान गर्छ, मानसिक शान्ति यसको उत्तरदायित्व होइन ।

त्यसकारण हामीले आफैंले यो निर्णय गर्नुपर्दछ कि हामी हाम्रो उत्कटता मानवताको भलाइको लागि प्रयोग गर्न चाहन्छौं वा आतंककारीहरूले जस्तो मानवतालाई अपमान गर्न हाम्रो हिम्मत र साहस प्रयोग गर्छाैं । उत्कटताको शक्ति त्यो हो कि उसले तपाईंलाई केही गर्न लगाउँछ जुन तपाईंले सामान्यतया गर्न सक्नुहुन्न । यदि उत्कटता त्यस्तो बल हो भने यसले सम्भव सबैलाई सम्भव बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment