+
+
Shares
सिस्नुपानी देउसी : सम्झनामा केही टिप्स :

५ वर्ष बित्न २ वर्ष बाँकी रेसम फिरिरी…. (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते २२:०१

२९ कात्तिक, काठमाडौं ।  ‘सिस्नुपानी नेपाल’ले प्रत्येक वर्ष तिहारमा ठूला नेताहरुलाई एकै ठाउँमा भेला पारेर व्यंग्यात्मक शैलीको देउसी-भैलो कार्यक्रम गर्छ । सिस्नुपानीले ०५५ देखि सुरु गरेको देउसी-भैलो कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण पहिलोपटक स्थगित भएको छ ।

सिस्नुपानीका उपाध्यक्ष एवं चर्चित कलाकार मनोज गजुरेल कोरोना लागेर अस्पतालमा छन् । उनलाई आइसीयुबाट जनरल बेडमा सारिएको छ । संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे भर्खरै कोरोनाबाट मुक्त भएका छन् । अरु कलाकार पनि स्वास्थ्य समस्याबाट पीडित भएका छन् ।

अघिपछि राष्ट्रिय सभा गृहमा  सिस्नुपानीको देउसी कार्यक्रमका लागि करिब एक सयको संख्यामा कालाकार, वाद्यवादकको सहभागिता हुन्थ्यो । व्यंग्यात्मक देउसीका लागि गाम्नागे, टंक आचार्य, अर्जुन पराजुली, मनोज गजुरेल एक सातासम्म सँगै बसेर देउसी-गीत तयार पार्थे । यसपछि  संगीतकारहरूसँग बसेर त्यसको अभ्यास, तथा रिहर्सल महिना दिनसम्म चल्थ्यो ।

यसपटक सिस्नुपानीको साथी-समूह एकैठाउँ भेला हुन सकेन । गाम्नागे भन्छन्, ‘देउसी र सिस्नुपानी एक अर्काको पर्याय बनिसकेकाले आम जनताले हाम्रो देउसी मिस गर्नु स्वभाविक नै हो । तर हाम्रो विवशताले देउसी प्रस्तुत गर्नु असम्भव भयो ।’

अध्यक्ष गाम्नागेका अनुसार अधिकांश कलाकारको स्वास्थ्य समस्या र महामारीको त्रासले देउसी कार्यक्रम स्थगित गरिएको हो । उनी भन्छन्, ‘२३ वर्षदेखि निरन्तर चलेको देउसी-भैलो अकस्मात् रोक्नुपर्दा अत्यन्त दुःख लागेको छ । दर्शक स्रोतासँग हामी हात जोडेर क्षमा माग्छौं ।’

विद्यालय तथा सार्वजनिक कार्यक्रमहरू भर्चुअल रुपमा चलिरहँदा, सिस्नुपानीलाई भने भर्चुअल देउसी गर्न पनि सकस पर्‍यो । संस्थाका सदस्यहरू भेला नभइकन देउसीको तयारी गर्न सम्भव भएन । ‘मनोजजी बिरामी हुनुहन्छ, अन्य मुख्य कलाकार पनि बिरामी छन्’ अध्यक्ष गाम्नागेले अनलाइनखबरसँग भने, ‘साथीहरूबिना एक्लै देउसी गाउँदा त्यसको कुनै तुक हुँदैन, यसैले कार्यक्रम रोकेका हौं ।’

गाम्नागेका अनुसार एउटै हलमा प्रधानमन्त्री, मन्त्री र सबै राजनीतिक दलका नेता उपस्थित हुने एकमात्र संस्थागत कार्यक्रम सिस्नुपानी देउसी नै हो । उनी भन्छन्,  ‘अन्तरराष्ट्रिय सेमिनार, सम्मेलनबाहेक यसरी सबै नेता भेला हुने कार्यक्रम गाईजात्रा र सिस्नुपानीको देउसीमात्रै हो । जसलाई आम जनताले अत्यन्त मन पराउँछन् ।’

कतिपय अवस्थामा नेताले यतिसम्म त व्यंग्यवाण नहानेको भए हुन्थ्यो भन्ने गरेको अनुभव पनि छ उनीहरूसँग । गाम्नागे भन्छन्, ‘नेताहरू हाम्रो व्यंग्य रमाइलो मानेर हेर्नुहुन्छ तर भेट हुँदा तथ्यमा टेकेर मात्र व्यंग्य  गर्नुस् है भन्नुहुन्छ । तर हामीले आम जनताको तहबाट सबै नेताको खराब कर्मलाई व्यंग्य गर्छौं ।’

सामान्यताः देउसी गीत भट्याएर सांस्कृतिक पक्षहरूमा जोड दिँदै गाइन्छ । भैली भने भाका हालेर गाइन्छ । तर, सिस्नुपानी नेपालले गर्ने देउसी-भैलो कार्यक्रममा देउसी गीतमै व्यंग्य मिसाएर गाइन्छ । ‘व्यंग्य नै सिस्नोपानीको परिचय भएकाले देउसीमा यसको प्रयोग गर्यौं’ उनी भन्छन्, ‘व्यंग्यमिश्रति देउसीगीत जनताले यति मन पराइदिए, अब हामी पछि हट्न सक्दैनौं ।’

२०५५ साल वैशाख २९ गते स्थापना भएको सिस्नुपानी नेपालका संसथापक अध्यक्ष चट्याङ्ग मास्टर हुन् । अहिले संस्थामा अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्षत्रय अर्जुन पराजुली, धीरेन्ऽ प्रेमषिर् र मनोज गजुरेल छन् । महासचिवमा टंक आचार्य र हरिकला उप्रेती छन् भने कोषाध्यक्षः माणिकरत्न शाक्य तथा सहसचिव सरोज घिमिरे रहेको कार्यसमित छ । संस्थाले तिहारमा देउसी-भैलोसहित भष्ट्राचार विरुद्धको व्यंग्य कार्यक्रम, देश दौडाहा व्यंग्य कार्यक्रम वाषिर्क रुपमा गर्दै आएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष गाम्नागेले  कोरोना महामारीले देउसी रोक्नुपरे पनि अर्को वर्षदेखि निरन्तर कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । साथै, अध्यक्ष गाम्नागेले सम्झनास्वरुप देउसी भैलीका केही टिप्सहरु सुनाए र तिहारको शुभकामना पनि व्यक्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?