+
+
Shares

अब गुगल फोटोजमा १५ जिबी मात्र निशुल्क स्टोरेज

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १ गते २०:०९

इन्टरनेट जाएन्ट गुगलले आफ्नो फोटो स्टोरेज एप गुगल फोटोजमा रहँदै आएको असिमित निशुल्क स्टोरेज सुविधा हटाउने भएको छ ।

फोटो तथा भिडियो लगायतका डकुमेन्टहरु असिमित संख्या र परिमाणमा संग्रह गर्न सकिने प्रतिबद्धता जनाउँदै सन् २०१५ मा सुरु भएको गुगल फोटोजले निशुल्क स्टोरेजको सुविधालाई प्रति गुगल अकाउन्ट केवल १५ गिगाबाइटमा मात्र सिमित गर्ने भएको हो ।

गुगल फोटोजमा १५ जिबीभन्दा बढि फाइलहरु संग्रह गर्न चाहनेहरुले चाहीँ शुल्क तिर्नुपर्नेछ ।

यो सँगै अब गुगल फोटोजमा बढि फोटोहरु अपलोड गर्दा जिमेलको स्पेस समेत भरिनेछ ।

यद्यपि सन् २०२१ को जुन महिना भन्दा अगाडि अपलोड हुने फोटोहरुमा चाहीँ १५ गिगाबाइटको सीमा लागू हुनेछैन ।

तर गुगल फोटो एपमा स्टोरेजको सीमा लगाउने गुगलको निर्णयप्रति गुगल प्रयोगकर्ता तथा गुगलका प्रतिस्पर्धी फोटो स्टोरेज कम्पनीहरुले समेत कडा आलोचना गरेका छन् । फोटो शेयरिङ एप फि्लकर तथा उसको मातृ कम्पनी स्मग मगका सिइओ डन म्याकअस्किलले ट्वीट गर्दै भनेका छन्, ‘यस्तो हुन्छ भन्ने हामीलाई पाँच वर्षअघि नै थाहा थियो । बजार हिस्सा कब्जा गर्नका लागि अर्बौँ डलर घाटना सहने, प्रतिस्पर्धामा अड्चन हाल्ने र अन्ततः त्यसकै लागि पैसा अशुल्ने ? यो एकाधिकारी व्यवहार हो ।’

सन् २०१५ मा आफ्नो फोटो स्टोरेज एप लञ्च गर्ने क्रममा गुगलले भनेको थियो, ‘हामीले जुन जिवनभरीको सम्झनाको कुरा भन्छौँ नि, हो हामी त्यहीँ हौँ ।’ गुगल फोटोजमा असिमित संख्या र परिमाणमा निशुल्क रुपमा उच्च क्वालिटीयुक्त फोटो र भिडियो संग्रहित गर्न सकिने गुगलले जनाएको थियो ।

गुगल फोटोजको असिमित निशुल्क स्टोरेजलाई हटाउने घोषणा गर्दै गुगलले बुधबार एक ब्लगमा दिएकेा जानकारी अनुसार हाल गुगलमा चार टि्रलियन फोटोहरु अपलोड भएको र हरेक हप्ता २८ अर्ब फोटो तथा भिडियोहरु अपलोड हुने गरेका जनाएको छ । दीर्घकालीन रुपमा प्रयोगकर्ताहरुको अपेक्षा पूरा गर्नका लागि पछिल्लो निर्णय लिनुपरेको उसको दाबी छ ।

रिपोर्ट अनुसार जिमेल, गुगल ड्राइभ र गुगल फोटोजमा गरी हरेक दिन ४३ लाख गिगाबाइट डाटाहरु थप हुने गरेका छन् ।

स्मरण रहोस् ठूलो परिमाणको निशुल्क क्लाउड स्टोरेज उपलब्ध गराउने भन्दै सुरु गरिएका सेवाहरु दिगो हुन नसकेको उदाहरण केवल गुगल मात्र होइन ।

यसअघि कुनैबेला याहुको स्वामित्वमा रहेको फि्लकरले १ हजार गिगााबइट निशुल्क स्टोरेज उपलब्ध गराउने घोषणा गरेको थियो, जुन घोषणा केवल २०१८ सम्म मात्र टिक्न सक्यो । त्यसपछि चाहीँ फि्लकर प्रयोगकर्तालाई केवल १ हजार वटा मात्र तस्वीर निशुल्क रुपमा स्टोर गर्न सकिने सुविधा दिइयो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?