Comments Add Comment

भाइटीकाको दिन भएको दुर्घटनामा बहिनीको मृत्यु, दाजु घाइते

२ मंसिर, काठमाडौं । भाइटीकाको दिन दाङ तुलसीपुरको गुल्म चोकमा भएको सवारी दुर्घटनामा बहिनीको मृत्यु भएको छ भने दाजु गम्भीर घाइते भएका छन् ।

रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु अ क ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी मनिषा लामिछानेको मृत्यु भएको छ । उनका दाजु विराज लामिछाने गम्भीर घाइते छन् ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचकी सहायक प्राविधिक हुन् । मोटरसाइकल चढेर घरबाट रेडियोको कार्यालयमा जाँदै गर्दा स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको जानकारी दिए ।

पत्रकार देवलको मृत्यु

यसैबीच दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य देवल पछिल्लो समय कैलालीबाट प्रकाशन हुँदै आएको ‘मर्निङबेल’ दैनिकमा डोटीका लागि तथा जिल्लाबाट प्रकाशन भइरहेको ‘नजर’ साप्ताहिकका संवाददाता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment