+
+

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १२:५४

२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका छिमेकी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन्  । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?