Comments Add Comment

लन्डनमा देवकोटा जयन्ती

लन्डन । ११२ औं लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसर लन्डनस्थित नेपाली दूतावासमा चौथो नेपाली साहित्य महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा प्रमुख वक्ताका रूपमा बोल्दै प्रा.डा. माइकल हर्टले देवकोटा विश्वकै महाकवि भएको उल्लेख गरे । उनले नेपाली साहित्यमा रिमाल, शेरचन, पारिजातलगायतका साहित्यकारहरूले नेपालको परिवर्तनको आन्दोलनमा बौद्धिक हिसाबले भूमिका खेलेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका सर्जकहरू र साहित्यिक संस्थाहरूले नेपाली पहिचान कायम गर्दै राष्ट्रियता बलियो बनाउन सक्रिय भूमिका निभाएको बताए ।

राजदूत सुवेदीले प्रवासमा रहेका स्रष्टाहरूको लेखन र चिन्तन राष्ट्रियस्तरका रहेको भन्दै प्रशंसा गरे । सो अवसरमा अवसरमा सुवेदी आफैंले सम्पादन गरेको ‘बेलायतमा नेपाली गजल’ र ‘बेलायतमा नेपाली मुक्तक’ कृतिहरू जुममार्फत् सार्वजनिक गरे ।

अर्का अतिथि लिड्स विश्वविद्यालयमा अन्तराष्ट्रिय कानून पढाइरहेका प्रा.डा. सूर्य सुवेदीले समेत नेपाली साहित्यले कूटनीतिक सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने धारणा राखे ।

कार्यक्रममा नेपालको सबैभन्दा जेठो साहित्यिक पत्रिका शारदाको बेलायतमा नेपाली साहित्य विशेषाङ्क पनि लोकार्पण गरिएको थियो ।

साढे पाँच घण्टा चलेको महोत्सवमा बेलायतमा रहेका दर्जन बढी साहित्यिक संस्थाहरूका छ दर्जन बढी सर्जकहरूको उपस्थिति थियो । महोत्सवमा कोमल मल्ल, धन थापा, प्रतिमा केसी, खगेन्द्र नेपाली, हरि थापा, सुमलकुमार गुरुङ, विजय हितान, अमित थेवे, डम्बरसिं प्रयास, सुरेन्द्र इङ्नाम लगायतले कविता, गीत, मुक्तक र गजल वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment