+
+

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ मंसिर ३ गते ९:०१

३ मंसिर, बुटवल । पाल्पामा चुनढुंगा बोकेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७, मठेखर्कमा ना ८ ख ७९०५ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

चुनढुंगा बोकेर नवलपुरको सर्दीस्थित होङ्सी शिवम् सिमेन्ट्स उद्योगमा जाने क्रममा मंगलबार साँझ टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

ओरालो सडकमा अनियन्त्रित भइ टिपर करिब १० मिटर तल खस्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?