Comments Add Comment

डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

३ मंसिर, काठमाडौं । डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाल रहेका छन् ।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा हेटौंडा उपमहानगरपालिका-७ नागसोतीबाट सोमबार पक्राउ गरेको हो ।

२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले ढकालविरुद्ध डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरीवाना सुनाएको थियो ।

प्रहरीका अनुसार ढकाल समेतका व्यक्तिहरुले २०६१ असोज ७ गते काठमाडौंको जडीबुटीमा बनेपाबाट बा.१६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जबरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर १० लाख २५ हजार रुपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी कुल ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment