
नेपाली चलचित्रका दर्शकले नायिका अदिती वुढाथोकीलाई चलचित्र ‘कृ’मा काम गरेपछि चिनेका हुन् । नायक अनमोल केसीसँग यो चलचित्रमा काम गरेपछि चर्चामा रहेकी अदिती यसपछि हराइन् । नयाँ चलचित्रमा काम नगरेका कारण अदितीलाई दर्शकले हेर्ने मौका पाएनन् । अदिती नेपाली चलचित्रसँगै मुम्बइमा पनि मोडलिङ गरिरहेकी छिन् ।
अदितीले केही बर्षको अन्तरालपछि सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का त भएको छ, तर कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन पाएको छैन ।
यसैविच, अदितीले भारतीय गायक अमाल मलिकसँग ‘तु मेरा नही’ बोलको गीतमा काम गरिन् । यो गीतले भने उनलाई फेरि चर्चामा ल्यादिएको छ ।
२ साता अगाडि रिलिज भएको यो गीतलाई युटुबमा करिब डेढ करोड पटक हेरिएको छ । प्रतिक्रिया दिनेहरुलाई अमाल मलिकको स्वरको तारिफ गरेका छन् । साथमा, अदितीको अभिनय र सुन्दरताको पनि चर्चा गरेका छन् ।
अमाल स्वयंमले पनि अदितीको प्रशंसा गरिरहेका छन् । भारतका लिडिङ न्यूज पेपरमा पनि अदितीको चर्चा भैरहेको छ । यसले, अदितीको करिअरमा केही बर्षदेखिको संघर्षमा केही मात्रामा खुशी थपिदिएको छ ।
अमालले अदिती राम्री, प्यारी र निर्दोष भएको भन्दै उनको प्रशंसा गरेका छन् । यसले अदितीलाई पनि खुशी बनाएको छ ।
प्रतिक्रिया 4