Comments Add Comment

यस वर्षको बुकर पुरस्कार डोउग्लास स्टुआर्टको शगी बेनलाई

५ मंसिर, काठमाडौं । यस वर्षको बुकर पुरस्कार ‘शग्गी बेन’ उपन्यासका लेखक डोउग्लास स्टुआर्टले जितेका छन् । पुरस्कारको घोषणाको लागि गठित न्यायाधीशहरुका प्रमुख मर्गारेट बस्बीले सर्वसम्मतिको आधारमा यो पुरस्कार विजेताको घोषणा गरिएको र यो निर्णय लिन न्यायाधीशहरुलाई केवल केही घण्टाको समय लागेको बताइन् ।

मर्गारेटका अनुसार यो उपन्यास पढ्नेले यो उपन्यास अन्य किताबको तुलनामा फरक पाउँछन् । बुकर पुरस्कार जितेका स्टुवार्टले भने यो पुरस्कार पाउँदै निकै खुसी लागेको बताएका छन् ।

यो उपन्यास एक युवाको कथामा आधारित छ, जसले आफ्नो अनेकौं समस्यासँग जुध्दाजुध्दै कुलत र गरीबीको शिकार बनेकी आमालाई त्यसबाट बाहिर ल्याउने प्रयत्न गर्छन् । यो उपन्यास पढ्दा कतै हाँसो लाग्ने र कतै रुवाउने घटनाहरु छन् । यो उपन्यास डोउग्लासको पहिलो उपन्यास हो । यो उपन्यास अमेरिकामा लकडाउन सुरुभन्दा केही अघिमात्र प्रकाशित भएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीको समयमा यो उपन्यासको बिक्री उल्लेख्य मात्रामा भएको थियो । बुकर पुरस्कार जितेपछि स्टुवार्टले यो पैसा आफूले आफ्नो लेखनको लागि खर्च गर्ने बताएका छन् । स्टुआर्टको परिवार स्कटल्याण्डमा छ । तर, अमेरिकी नागरिकसँग विवाह गरेका उनी भने अमेरिकामा रहँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment