
५ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो, जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।
श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।
ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन् ।
यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।
हेर्नुहोस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4