
७ मंसिर, काठमाडौं । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4