+
+

चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १५:५१

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘यो नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?