+
+

कविर र रोशनीको ‘लाजको घुम्टो’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १२:१९

चलचित्र ‘लम्फू’बाट नायकको रुपमा उदाएका कविर खड्काले दोश्रो चलचित्रको रुपमा ‘गुञ्जन’मा काम गरेका छन् । यो चलचित्र रिलिज भने भैसकेको छैन । यो चलचित्र रिलिज नभएपनि कविरले म्यूजिक भिडियोमा भने काम गरिरहेका छन् ।

कविरले मोडल रोशनी कार्कीसँग जोडी बाँधेर काम गरेको ‘लाजको घुम्टो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रमोद खरेलको स्वरमा समावेश यो गीतमा शिर्षक घिमिरेको शब्द, हरि लम्सालको संगीत छ । गीतले मायालु जोडीको दुःख सुखको कथा भन्छ ।

शान थापाको निर्देशनमा तयार भएको यो भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा कविर र रोशनी श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?