Comments Add Comment

प्रज्ञाको दर्शन गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरेको छ । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) विचार गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यहरू सहभागी थिए ।

गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सारा विश्वले नै झेलिरहेको महामारीसँग सम्बन्धित विषय भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्य सान्दर्भिक भएको बताए । उनले भने, ‘कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वलाई ठूलो चुनौती मात्रै दिएको छैन कि यसले एउटा अवसर पनि दिएको छ । हामीले यस घडी र यस चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्नु पर्दछ ।’

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय, जनकपुरका उपकुलपति प्रा.डा. भरत झा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगरका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुरका उपकुलपति प्रा.डा. अम्मराज जोशी, कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति प्रा.डा. पुण्यराम रेग्मी, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, पोखरा विश्वविद्यालय, पोखरा, कास्कीका उपकुपति प्रा.डा. प्रेमनारायण अर्यालले आफ्ना विचार राखेका थिए ।

त्यस्तै  पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर, मोरङका उपकुलपति प्रा.डा. यादवराज कोइराला, काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, गण्डकी विश्वविद्यालय, पोखरा, कास्कीका कुलपति प्रा.डा. गणेशमान गुरुङ र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा. विशाल सिटौलाले मानव जातिको जीवनमा दर्शनको महत्त्व र प्रभावका बारेमा विचार व्यक्त गरे ।

कार्यक्रममा डा. गोविन्दशरण उपाध्यायले ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment