+

युरिक एसिडको समस्या र आयुर्वेदिक उपचारका विधिहरु

२०७७ मंसिर  १२ गते १६:१९ २०७७ मंसिर १२ गते १६:१९
युरिक एसिडको समस्या र आयुर्वेदिक उपचारका विधिहरु

गलत खानपानको समस्याका कारण युरिक एसिडको समस्याबाट धेरै जना पीडित हुने गर्छन् । शरीरमा युरिक एसिड बढ्दै गयो भने थुप्रै किसिमका स्वास्थ्य समस्या यसैको साइडइफेक्टको रुपमा उत्पन्न हुने गर्छ । जसमा घुँडामा हुने समस्या, जोर्नीको दुखाइ आदि समस्या समाधानको लागि असल खानपान शैली अंगीकार गर्नुपर्ने हुन्छ ।

शरीरमा युरिक एसिड बढेको समस्या

विभिन्न अध्ययनका अनुसार ३० वर्षसम्म उमेर समूहका एक जना व्यक्तिलाई एक दिनमा करिब २४०० क्यालोरी खाना चाहिन्छ । ५० वर्षसम्मका मानिसको लागि २४०० क्यालोरी खाना चाहिन्छ । ५० वर्षभन्दा माथिल्लो उमेरका मान्छेलाई दैनिक १८०० देखि १६०० क्यालोरी खाना आवश्यक पर्छ । यदि हामी अधिक मात्रामा क्यालोरी लिने र पर्याप्त एक्सरसाइज गर्ने हो भने शरीरमा युरिक एसिडको मात्रा बढ्न जान्छ । शरीरमा अधिक आइरन, प्रोटिन र अल्कोहलिक वस्तुहरूले शरीरमा एसिडको मात्रा बढाउने गर्छन् । जब शरीरमा एसिड बढ्दो मात्रामा हुन्छ, तब किड्नीको फङ्सनमा समस्या हुन थाल्छ । एक सामान्य व्यक्तिको १ ग्राम रगतमा ०.०७ मिलियुरिक एसिड हुने गर्छ ।

बिनाकारण बढ्न सक्छ युरिक एसिड

युुरिक एसिड बढ्ने प्रमुख कारण भनेको शरीरमा एसिडको मात्रा बढाउने तत्वहरुको प्रभाव हो । किड्नी खराब हुने कारणले शरीरमा फिल्टरेसनको प्रक्रिया कम हुने गर्छ । त्यसपछि शरीरमा रहेको युरिया युरिक एसिडमा बदलिने गर्छ । यो युरिक एसिड हड्डीहरुको बीचमा प्रवेश गर्छ जसले दुखाइ बढाउने गर्छ ।

युरिक एसिड बढ्नुको प्रमुख लक्षण

धेरैभन्दा धेरै अवस्थामा युरिक एसिडको दुखाइ एसिडहरुकै कारण हुने गरेको छ । उच्च युरिक एसिडको समस्याबाट पाचनतन्त्र कमजोर हुने गर्छ । यसका अतिरिक्त जोर्नीहरूमा निरन्तर दुखाइ हुनु, खासगरी घुँडामा हुने समस्या यसको मुख्य लक्षण हो ।

यसबाट बच्न कस्तो व्यवहार अपनाउने ?

हाइ युरिक एसिड (हाइपरसेमिया) लाई कम गर्न आइरन र प्रोटिनको मात्रा सीमित गर्नुपर्छ । यदि यो अधिक मात्रामा रह्यो  युरिक एसिडको समस्या बढ्दै जान्छ । यसका साथै युरिक एसिडको समस्या भएका व्यक्तिहरूले दूध, दही जस्ता दुग्ध पदार्थको सेवन कम गर्नुपर्छ ।

यी आयुर्वेदिक उपायहरू युरिक एसिड नियन्त्रणमा प्रभावकारी हुन्छ

सामान्यतया युरिक एसिडलाई नियन्त्रण गर्नको लागि पहिले घरेलु औषधिको प्रयोग गर्न सकिन्छ । यस्तो केही घरेलु उपायहरु हुन्छन् जसले युरिक एसिडको लेबल कन्ट्रोल गर्न सकिन्छ ।

–कागतीको सेवा युरिक एसिड नियन्त्रण गर्नको लागि अचुक औषधि हो ।

–बेकिङ सोडामा पनि युरिक एसिड नियन्त्रण गर्ने क्षमता रहन्छ

–एप्पल साइडको बिनेगरमा पनि युरिक एसिड विरुद्ध लड्ने क्षमता पाइन्छ ।

युरिक एसिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?