+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दिलिपले सुरु गरे ‘परदेशी २’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १४:३८

चैत्र महिनाबाट नेपाल सरकारले लकडाउन गरेपछि रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । पाल्पाको माथागढीबाट चलचित्रको छायांकन सुरु गरिएको हो । दशैं लगतै चलचित्रको छायांकन सुरु गर्ने बताइएतापनि विविध कारणले गर्दा छठ पछि मात्र छायांकन सुरु भएको हो ।

नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी लगायतका कलाकारको मुख्य भूमिका छ । पाल्पामा नायक दिलिप रायमाझीको दृश्य खिचिएको छ । यस्तै, शनिबारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको दृश्य खिचिएको छ ।

मंसिर १७ गतेसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ । निर्देशक रायमाझीका अनुसार लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको थियो । यो चलचित्रको कथावस्तुमा अमेरिकाको दृश्य समेत देखाउनुपर्नेछ । तर, लकडाउन र कोरोना भाइरसका कारण तत्काल अमेरिकाको दृश्य खिच्न संभव नभएपछि निर्माणपक्षले नेपालमै क्रोमा गरेर दृश्य खिच्न लागेको वुझिएको छ ।

नायक दिलिप रायमाझीले चलचित्रको कथावस्तु मनछुने खालको भएको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । रमेश बीजीले लेखेको कथामा निर्माण भैरहेको चलचित्रमा राजेश वंशल र नारायण रायमाझीको लगानी छ ।

 

तस्वीर सौजन्यः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?