+
+

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने शेखर गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:२९

१४ मंसिर, काठमाडौं । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् ।

निर्वाचन आइतबार विहान सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे ।  योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

हालका निवर्मान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् ।  गोल्छाले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?