+
+
Shares

फल्स च्याम्बर बनाएर ट्यांकरबाट पेट्रोल चोरेको अभियोगमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:५२

१४ मंसिर, काठमाडौं । पेट्रोल ट्यांकरमा फल्स च्याम्बर बनाएर ठगी गरेको अभियोगमा दुइृ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका अजय लामा र विकेश लामा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इण्डियन आयल कर्पोरेल बरौनी, भारतबाट पेट्रोल ल्याउँदा फल्स च्याम्बर बनाएर इन्धन चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनीहरुले ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स च्याम्बर बनाएर इन्धन चोरी गरेका थिए । घटनामा अनुसन्धान गर्न नेपाल आयल निगमले प्रहरीलाई अनुरोध गरेको थियो । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?