Comments Add Comment

सम्बन्ध सुध्रेसँगै नेपाल–भारत द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु

१७ मंसिर, काठमाडौं । सम्बन्ध सामान्यीकरणतर्फ उन्मुख भएसँगै नेपाल र भारतको बिचमा द्विपक्षीय संयन्त्रका बैठकहरु धमाधम बस्न थालेका छन् ।

कोभिड–१९ र दुई देशको विचमा उत्पन्न सीमा विवादका कारण एक वर्षदेखि रोकिएका विभिन्न संयन्त्रका बैठकहरु तय भएका छन् ।

नेपाल र भारतको विचमा विभिन्न विषय र क्षेत्रमा केन्द्रित रहेका दुई दर्जनभन्दा बढी संयन्त्रहरु रहेका छन् । तर एक वर्षदेखि यी संयन्त्रका बैठकहरु ठप्प थिए ।

दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक डिसेम्बरको दोस्रो साता नयाँ दिल्लीमा बस्ने तय भइसकेको छ । यही मंसिर २५ र २६ गते नेपाल र भारतको बिचमा ऊर्जा सचिवस्तरीय जोइन्ट स्टेरिङ कमिटीको भर्जुअल बैठक तय भएको छ ।

त्यसैगरी डिसेम्बर महिनामा नै व्यापार, पारवहन, रेलवे, वाटरवेज लगायतका विभिन्न संयन्त्रहरुको बैठकका लागि कुराकानी भइरहेको सरकारी अधिकारीहले बताएका छन् ।

यो मात्र होेइन, सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखा परेका समस्या हल गर्ने वाउन्ड्री वर्किङ ग्रुपको बैठक पनि बस्ने तयारी भइरहेको छ । सो बैठक गर्न नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेपनि भारत बैठकमा बस्न मानेको थिएन ।

अब भारतीय विदेश सचिवको बैठकपछि भारत वार्तामा बस्न तयार भएको छ । संयन्त्रका बैठकहरु समयमा नै बस्न नसक्दा विभिन्न परियोजनाका कामहरु प्रभावित भइरहेका छन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलको नेपाल भ्रमणको समयमा संयन्त्रका बैठकहरु नियमित गर्ने विषयमा समझदारी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment