+
+

सप्तरीमा माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते ११:२८

१७ मंसीर, जनकपुरधाम । सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो ।

घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारको भनाइ छ ।

उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक महिला ६ महिनाकी गर्भवती थिइन् । उनको ५ वर्षका एउटा छोरासमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?