+
+

विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १५:२३

१८ मंसिर, काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् ।

यता, काङगेरी-२ आरोहणको अनुमति भने एक जना विदेशी आरोहीले लिएका छन् । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरेको छ । यद्यपि क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन भने सकेका छैनन् ।

सामान्यतयाः वीन्टर सिजनमा साना हिमाल आरोहण गरी वसन्त ऋतुका लागि सगरमाथासहित ठूला हिमाल आरोहणको तयारी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?