+

रोनाल्डोले पुर्‍याए ७५० औं गोल

२०७७ मंसिर  १८ गते १७:४५ २०७७ मंसिर १८ गते १७:४५
रोनाल्डोले पुर्‍याए ७५० औं गोल

१८ मंसिर, काठमाडौं । पोर्चुगाली सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा ७५०औं गोल पूरा गरेका छन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सले युक्रेनी क्लब डिनामो किभलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गर्दै आफ्नो व्यक्तिगत ७५० गोल पूरा गरेका हुन् ।

युभेन्ट्सका लागि भने रोनाल्डोले गरेको यो ७५ औं गोल हो । डिनामोविरुद्ध रोनाल्डोले ५७औं मिनेटमा गोल गरेका थिए ।

उक्त गोल यस सिजन युभेन्ट्सका लागि रोनाल्डोको १० औं र च्याम्पियन्स लिगमा दोस्रो हो ।

पोर्चुगलको राष्ट्रिय टिमबाट २००३ मा डेब्यु गरेयता उनले १०२ गोल गरिसकेका छन् । यस्तै रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि ११८ गोल गरेका थिए । स्पेनिस क्लब रियल मड्रिडमा उनले ४५० गोल गरे ।

अहिले खेलिरहेका खेलाडीमध्ये रोनाल्डोसहित चार खेलाडीले मात्र पाँच सय गोल पूरा गरेका छन् । लिओनल मेसी, ज्लाटन इब्राहिमोभिच र रोवर्ट लेवान्डोस्कीले उक्त उपलब्धी हात पारेका छन् । यस्तै ७०० गोल पूरा गर्नेमा भने रोनाल्डो र मेसी मात्र छन् ।

रोनाल्डोले डिनामो किभविरुद्ध १३ वर्षपछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डो फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय