Comments Add Comment

पुनरागमन जितसहित एसी मिलान अन्तिम ३२ मा

१९ मंसिर, काठमाडौं । इटालियन क्लब एसी मिलान पुरनागमन जितपछि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह एच अन्तर्गतको खेलमा मिलानले सेल्टिकमाथि ४-२ को पुनरागमन जित हात पारेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मिलानले चार गोल फर्कायो । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिले पनि पुनरागमन गर्दै स्पार्टा प्रागलाई २-१ ले पराजित गरेपछि लिलेसँगै मिलान पनि नकआउट चरणमा प्रवेश गरेको हो ।

मिलानको मैदानमाले टम रोगिजले आठौं मिनेट  र ओड्सोने एडउर्डले १४औं मिनेटमा गोल गरेपछि सेल्टिकले शुरुमै दुई गोलको अग्रता बनाएको थियो । तर त्यो लामो समय टिमने । २४औं मिनेटमा हाकान चालहानोग्लु र २६औं मिनेटमा सामुएल कास्टिलेजोले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा मिलानले दुई गोल गर्‍यो । ५०औं मिनेटमा जेन्स पिटर हग र ८२औं मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि मिलानले पुनरागमन जित हात पारेको हो ।

अर्को खेलमा बुराक यिलमेजले अन्तिम दश मिनेटभित्र दुई गोल गरेपछि लिलेले स्पार्टा प्रागलाई २-१ ले हरायो । ६५औं मिनेटमा ओनरेज सेलुस्काले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झरे पनि ७१औं मिनेटमा लाडिस्लाभ क्रेजीले गोल गर्दै स्पार्टालाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा यिलमेजले बराबरी गोल फर्काए भने त्यसको चार मिनेटपछि विजयी गोल गरे ।

जितपछि ५ खेलबाट ११ अंकसहित लिले शीर्ष स्थानमा छ भने १० अंक जोडेको मिलान दोस्रो स्थानमा छ । ६ अंक रहेको स्पार्टा तेस्रो स्थानमा छ । स्पार्टासंगै १ अंक मात्र रहेको सेल्टिक समूह चरणबाटै बाहिरिएको छ ।

अब समूहको अन्तिम दुई खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । जहाँ मिलानले स्पार्टा र लिलेले सेल्टिकसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment