+
+

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १०:३९

१९ मंसिर, धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?