+
+
Shares

थापाथलीमा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीको भेला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १४:५१

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा कार्यक्रम हुन थालेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेला शुक्रबार दिउँसो थापाथलीमा गरिएको छ ।

दिउँसो १ बजे सुरु भएको भेलाको आयोजना प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलम लगायतले गरेका हुन् ।

यो भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?