Comments Add Comment

प्रिमियर लिग : चेल्सी पुनरागमन जितसहित शीर्ष स्थानमा

२१ मंसिर, काठमाडौं । लिड्स युनाइटेडविरुद्ध पुनरागमन जित हात पार्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले लिड्सलाई ३-१ ले हरायो ।

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको चौथो मिनेटमै प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय रहेन । २७औं मिनेटमा ओलिभर जिरुडले चेलसीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १-१ को बराबरी भएपछि दोस्रो हाफमा चेल्सीले दुई गोल थप्यो । ६१औं मिनेटमा कर्ट जुमाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । इन्जुरी टाइममा क्रिस्टियन पुलिसिकले गोल गरेपछि चेल्सीले ३-१ ले जित्दै ३ अंक जोडेको हो ।

जितपछि ११ खलबाट २२ अंक जोड्दै चेल्सी शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको टोनहम हट्सपर र लिभरपुल समान २१ अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । ११ खेलबाट १४ अंकसहित लिड्स १३औं स्थानमा छ ।

म्यानचेष्टर युनाइटेडको जित

गएराति नै भएको खेलमा खेलमा म्यानचेष्टर युनाइटेडले पनि वेष्टहम विरुद्ध पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै वेष्टहमलाई ३-१ ले नै पराजित गरेको युनाइटेड चौथो स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोमस साउसेकले ३८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको युनाइटेडले दोस्रो हाफमा भने ३ गोल फर्कायो ।

६५औं मिनेटमा पउल पोग्बाले युनाइटेडका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेटपछि नै मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । ७८औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडको जित पक्का बनेको हो ।

जितपछि १० खेलबाट १९ अंक जोड्दै युनाइटेडले छिमेकी सिटीलाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो । त्यसअघि शनिबार भएको खेलमा म्यानचेष्टर सिटीले फुलहमलाई २-० ले पराजित गर्दै चौथोमा पुगेको थियो । तर युनाइटेडको जितपछि सिटी पाँचौमा झरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि रहिम स्टर्लिङले पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने २६औं मिनेटमा केभिन डे ब्रुएनाले पेनाल्टीमा गोल गरेका थिए । जितपछि सिटीको १० खेलबाट १८ अंक छ ।

११ खेलबाट ७ अंक मात्र रहेको फुलहम १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment