+
+

सेयर बजारमा ‘नेगेटिभ सर्किट’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १४:४०

२१ मंसिर, काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ । साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्भदासम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५१ अंकले घटेको छ । कारोबार रकम भने ७ अर्ब नाघेको छ ।

८ हजार ८ सय ५८ कारोबारबाट १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ७ अर्ब २० करोड ९१ लाख ८० हजार भन्दा धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?