Comments Add Comment

नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर 

२२ मंसिर, काठमाडौं । आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ ।

त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा अवसरहरु रहेको नयाँ परराष्ट्र नीतिमा उल्लेख छ ।

सरकारले तयार पारेको नयाँ नीतिमा उल्लेख गरिएका चुनौती र अवसरहरु यस्ता छन्–

चुनौतीहरु

  • परिवर्तनशील र तरल क्षेत्रीय एवं विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुसार वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने
  • नेपालको अन्तराष्ट्रिय सिमानाको रक्षा गर्ने
  • परराष्ट्र सम्बन्ध सन्चालनमा सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य, सहयोग लिई एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने
  • राष्ट्रिय नेतृत्व र स्वामित्व कायम राख्दै राष्ट्रिय प्राथमिकता र आवश्यकताका क्षेत्रमा राष्ट्र हित सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार गर्ने र परिचालन गर्ने
  • क्षेत्रीय एवं विश्व शक्ति राष्ट्रहरुको सामरिक प्रतिस्पर्धाबाट नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमा नकारात्मक असर पर्न नदिने
  • दिगो विकास र आवधिक  योजनाका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय सहायता सुनिश्चित गर्ने
  • आर्थिक कूटनीतिको प्रभावकारी कार्यान्वयनबाट राष्ट्रिय आवश्यकता अनुरुप नेपालको सामाजिक, आर्थिक विकासका लागि वैदेशिक लगानी परिचालन गर्ने
  • साना र विकाससिल राष्ट्रको हितको रक्षाको लागि वहुपक्षीयताको स्ुदृढीकरण गर्ने
  • नेपाल जस्ता विशिष्ट परिस्थिति भएका राष्ट्रहरुको साझा चासो र हितका विषयमा अन्तर्राष्ट्रिय समर्थन र सहयोग प्राप्त गर्नु
  • अति कम विकसित  राष्ट्रबाट स्तरोन्नती पश्चात प्रतिस्प्रधात्मक क्षमता बढाई ब्यापारलगायत सुविधाको निरन्तरता कायम राख्ने
  • पर्वतीय मुलुकका विशिष्ट एजेन्डालाई जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय नीति निर्माण प्रक्रियामा स्थापित गराउने र जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरण र अनुकूलनका लागि पर्याप्त वित्तिय स्रोत र प्रविधि जुटाउने
  • विश्वको महामारी र ठूला प्राकृतिक विपदबाट सिर्जना हुने असहज परिस्थितिबाट राष्ट्रिय हित अनुकूलका अन्तर्राष्ट्रिय सम्बन्ध सन्चालन गर्ने र बाह्य सहयोग जुटाउने
  • परिवर्तित र प्रतिस्पर्धात्मक विश्व परिवेशमा परराष्ट्र सम्बन्ध सन्चालन तथा व्यवस्थापन गर्न विशिष्टिकृत संस्थागत क्षमता, जनशक्ति र व्यवसायिक दक्षता विकास गर्ने

अवसरहरु   

  • मुलुकले हासिल गरेको राजनीतिक स्थायित्व, लोकतन्त्र, दिगो शान्ति  र विकासको नयाँ परिवेशमा राष्ट्रिय हित र परराष्ट्र नीतिका सम्बन्धमा स्पष्ट संवैधानिक मार्ग निर्देशन प्राप्त हुनु
  • आधारभूत राष्ट्रिय हित, आर्थिक समृद्धि, सीमालगायतका महत्वपूर्ण विषयमा  राष्ट्रिय सहमति र एकताको वातावरण तयार हुनु
  • शान्तिप्रिय, लोकतान्त्रिक, समावेशी र सामाजिक न्यायमा आधारित राज्यको रुपमा नेपाल र सहिष्णु मित्रवत, इमान्दार, परिश्रमी र उत्थानशील नेपालीप्रति अन्तर्राष्ट्रिय समुदायको सदभाव र शुभेच्छा रहनु
  • नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ट दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता र सम्मान आर्जन हुनु
  • नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा पु¥याएको  योगदानका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव प्राप्त हुनु
  • फराकिलो कूटनीतिक सम्बन्ध र घनीभूत हुँदै गएको अन्तर्राष्ट्रिय सम्पर्क र सहकार्य विद्यमान हुनु
  • नेपाल लोकतन्त्र संस्थागत भई आर्थिक विकास र रुपान्तरणमा केन्द्रित मुलुकको रुपमा विश्व समुदायमा परिचित हुँदै जानु
  • छिमेकी मुलुकहरुसँग सुदृढ बन्दै गएको सम्बन्ध र सम्पर्क सन्जालबाट सिर्जित परिवेशमा उनीहरुले हासिल गरेको तीव्र आर्थिक विकासबाट लाभ दिने सम्भावना प्रवल हुनु
  • आर्थिक कूटनीतिको लागि नीतिगत र संरचनागत आधार तयार भई पूर्वाधारको विकास, निर्यात व्यापार, वैदेशिक लगानी, प्रविधी हस्तान्तरण, पर्यटन र वैदेशिक रोजगारी जस्ता प्राथमिकताका क्षेत्रमा कूटनीतिक संयन्त्रलाई थप सक्रिय बनाउने वातावरण सिर्जना हुनु
  • नेपालको प्राकृतिक सौन्दर्य, वातावरणीय विशिष्टता, ऐतिहासिक, धार्मिक सांस्कृतिक सम्पदा र धरातलिय विविधताले विश्वको ध्यान आकर्षित गर्ने सम्भावना विद्यमान हुनु
  • राष्ट्रिय विकासको स्पष्ट मार्गचित्र तयार हुनु
  • वैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण ऐन, सार्वजनिक एवं निजी साझेदारी तथा लगानी ऐन एवं एकल विन्दु सेवा कार्यान्वयन जस्ता सारभूत नीतिगत, कानूनी एवं संरचनात्मक सुधार र प्रक्रियागत सरलीकरणका कारण देशभित्र लगानी र व्यवसायीमैत्री वातावरण सिर्जना हुनु
  • क्षेत्रीय तथा उपक्षेत्रीय संघ संस्थामार्फत क्षेत्रीय सहयोगबाट अधिकतम लाभ लिन सक्ने वातावरण सिर्जना हुनु
  • नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी, सम्पर्क र सन्जाललाई राष्ट्रिय विकासमा परिचालन गर्न सक्ने वातावरण हुनु
  • विश्वव्यापी महामारीपछिको परिवर्तित परिस्थितिमा प्रविधि र नवप्रवद्र्धनबाट लाभ लिई आर्थिक र सामाजिक क्षेत्रमा समयानुकूल समायोजन गर्न नसक्ने स्थिति रहनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment