+
+

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते २०:२८

२२ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ४ र ललितपुर. पर्वत, बारा, बर्दिया र कञ्चनपुरका १/१ जनाको मृत्यु  भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

  • काठमाडौंकी ६९ वर्षकी महिलाको मंसिर २० गते मृत्यु भएको छ । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना भएकी उनमा १९ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८५ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १८ गते अस्पताल भर्ना भएका उनमा १९ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ६७ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १६ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८७ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १४ गते संक्रमण पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, दम, मधुमेह र मिर्गौला रोग थियो ।
  • ललितपुरका ५६ वर्षका पुरुषको मंसिर २१ गते मृत्यु भएको छ । मंसिर २० गते अस्पताल भर्ना भएका उनमा २१ गते संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौला, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
  • फलेबास नगरपालिकाका, पर्वतका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको छ । उनमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • जितपुरसिमरा उपमहानगरपालिका-४, बाराकी ७१ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको छ ।  दमको समस्याले अस्पताल भर्ना भएकी उनमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • गेरुवा गाउँपालिका-५, बर्दियाका ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आइतबार राति मृत्यु  भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनमा  मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • शुक्लाफाँटा नगरपालिका-४, कञ्चनपुरका ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति मृत्यु भएको छ । मंसिर १३ गते संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १५ देखि कोहलपुरमा उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?