+

इटलीको सी डिभिजन क्लब मोन्जामा अनुबन्ध भए मारियो बालाटेली

२०७७ मंसिर  २३ गते १०:५० २०७७ मंसिर २३ गते १०:५०
इटलीको सी डिभिजन क्लब मोन्जामा अनुबन्ध भए मारियो बालाटेली

२३ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन लिग देखि इटालियन सिरी ए र प्रिमियर लिगको उपाधि जितिसकेका फरवार्ड मारियो बालाटेली इटालियन सी डिभिजनको क्लबमा अन्बन्ध भएका छन् ।

प्रिमियर लिगका चर्चित क्लब लिभरपुल र म्यानचेष्टर सिटी अनी इटालियन जायन्ट एसी मिलान र इन्टरका लागि खेलिसकेका बालाटेली सी डिभिजन क्लब मोन्जोमा यस सिजनको अन्त्यसम्मको लागि आबद्ध भएका हुन् ।

३० वर्षीय इटालियन फरवार्ड ब्रेस्किया छाडेपछि क्लबविहीन थिए । उनले नोभेम्बरमा डी डिभिजन क्लब फ्रान्सिएकवर्टासँग ट्रेनिङ गरेका थिए ।

टोटनहम र बार्सिलोनाबाट खेलिसकेका केभिन प्रिन्स बोएटेङ पनि मोन्जामा खेलिरहेका छन् । मोन्जा हाल अंक तालिकामा नवौं स्थानमा छ ।

बालाटेलीले इन्टरबाट खेल्ने क्रममा च्याम्पियन्स लिग, तीन सिरी ए, कोपा इटालिया, इटालियन सुपर कपको उपाधि जितेका थिए । जहाँ उनले ८६ खेलमा २८ गोल गरेका थिए । यस्तै उनले सीका लागि प्रिमियर लिग र एफए कप समेत जितेका थिए ।

बालाटेलीले इटलीका लागि ३६ खेलमा १४ गोल समेत गरेका छन् ।

इटली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय