२३ मंसिर, काठमाडौं । २०२०/२१ को सिजनको पहिलो चरणमा बार्सिलोनाका लागि लिओनल मेस्सी राम्रो लयमा देखिएका छैनन् । तर युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले मेसीको यस विषयले खेलको पक्षसँग कुनै सम्बन्ध नराख्ने विश्वास व्यक्त गरेका छन् ।
पिर्लोको विचारमा गत समरमा मेस्सीले क्याम्प नोउ छाड्न चाहेको विषयले सि सिजन बार्सिलोनाका कप्तानलाई प्रभावित पारेको हो ।
‘मेस्सी आफ्नो जीवनको विशेष क्षणमा छन् । उनको करियरमा होइन किनभने समरमा उनलाई समस्या थियो,’ च्याम्पियन्स लिगमा युभेन्ट्सले बार्सिलोनासंग भिड्नुअघि पिर्लोले प्रेससँग भने, ‘यो उनी बार्सिलोनामा बस्छन् या बस्दैन् । तर खेलको बेला उनले सधैँ आफ्नो मूल्य देखाएका छन् । फुटबलको मुद्दाभन्दा बढी मेस्सीलाई मनोवैज्ञानिक समस्या हुन सक्छ । तर म यसमा जान चाहन्न ।’
उनले मेस्सी उत्कृष्ट भएको र उनले यो देखाइसकेका बताए ।
गत साता ला लिगामा पराजित भएपछि बार्सिलोनाको ठूलो आलोचना भएको छ तर पिर्लो अडिग छन् कि बार्सिलोना कुनै क्राइसिसमा परेको टिम होइन ।
‘बार्सिलोनाको उतारचढाव भइरहेको छ तर उनीहरुले धेरै राम्रो खेल खेलिरहेका छन् र उनीहरुसँग राम्रो प्रशिक्षक छन् जसले गतिमा काम गरिरहेका छन्,’ पिर्लोले थपे, ‘उनीहरु समस्यामा छैनन् । यो हाम्रो लागि धेरै कठिन खेल हुनेछ किनकी हामीले कष्ट बेहोर्नुपर्नेछ तर हामीसँग हाम्रो अवसर हुनेछ र र हामीले त्यसको फाइदा उठाउनुपर्नेछ ।’
‘हामीले गुमाउनु केही छैन । हामीले खुला खेल खेल्नसक्छौँ । हामीले पहिलो लेगमा गरेको गल्तीबारे हामी सचेत छौँ,’ र पिर्लोले युरोपका दुई बेस्ट फुटबलरमध्ये एउटा छान्न अस्वीकार गरे ।
‘एउटाभन्दा अर्को राम्रो भन्न गल्ती हुनेछ । पिर्लोले भने उनीहरुले आफ्नो प्रतिभा देखाउन जारी राखेका छन्, उनीहरे बालोन डेओर जितिरहेका छन् र उनीहरुद्ये लाखौँ फ्यानलाई आनन्द दिलाइरहेका छन् । फुटबलको लागि उनीहरुले धेरै गरेका छन् ।’
प्रतिक्रिया 4